Logo

बुधवार, श्रावण १३ गते २०८३

कोशी प्रदेशमा नयाँ सरकार मिलेर चलाउन नेकपा एमालेले नेपाली कांग्रेसलाई सत्तामा साझेदारीको प्रस्ताव

कोशी प्रदेशमा नयाँ सरकार मिलेर चलाउन नेकपा एमालेले नेपाली कांग्रेसलाई सत्तामा साझेदारीको प्रस्ताव

जोईन खबर

३१, भाद्र २०८०
  • 748
    SHARES
  • कोशी प्रदेशमा नयाँ सरकार  मिलेर चलाउन  नेकपा एमालेले नेपाली कांग्रेसलाई सत्तामा साझेदारीको प्रस्ताव

    ३१ भदाै काठमाडाैँ । कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय पेचिलो बन्दै गएपछि त्यहाँ स्थिर सरकार बनाउनको लागि नेकपा एमालेले नेपाली कांग्रेसलाई सत्तामा साझेदारीको प्रस्ताव गरेको छ।९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ।

    images

    यसअघि ४७ जनाको समर्थन जुटाएर सरकार गठन गर्ने प्रयास भएका थिए तर ती सरकारले विश्वासको मत पाउन सकेनन्।एक जनामात्र सांसद कम भए बहुमत नपुग्ने झिनो अन्तरमा गठन भएका सरकार टिक्ने छाँटकाँट नदेखिएपछि अब एमालेले ठूला दुई दलको सहकार्यमा दुई तिहाइको सरकार गठनको प्रस्ताव गरेको हो।

    प्रदेशसभामा एमालेका ४० सांदद छन्। कांग्रेसका २९ जना सांसद छन्। यी दुई प्रमुख दल मिलेर सरकार गठन गरेमा त्यो सरकार दुई तिहाइभन्दा धेरै मतको समर्थनमा बनेको सरकार हुनेछ।९३ सदस्यीय प्रदेशसभामा ६३ सांसदको समर्थन भए दुई तिहाइ बहुमत पुग्छ। एमाले र कांग्रेस मिल्दा उनीहरुको पक्षमा ६९ सांसद हुन्छन्।यसअघि कांग्रेस-माओवादी गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर आफ्नो पक्षमा ४७ सांसदको समर्थन जुटाएर सरकार गठन गरेको थियो तर त्यो सरकारले विश्वासको मत पाउन सकेन।

    यदि अहिलेका मुख्यमन्त्री कार्कीले पनि विश्वासको मत पाउन सकेनन् भने प्रदेशमा बहुमत जुटाउन सक्ने जुनसुकै सांसद सदस्य मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ। यदि दलीय परिधिभन्दा बाहिर गएर नियुक्त मुख्यमन्त्रीले पनि विश्वासको मत नपाउने हो भने प्रदेशसभा नै विघटन गर्नुपर्ने हुन्छ। अहिले कोशी प्रदेशसभा विधटनको बाटोतर्फ अगाडि बढिरहेको छ र यसले केही चरणहरु पार गरिसकेको छ। 

    प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - १३:३५:४४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको