५ असाेज काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकहरूले उठाएका मागहरू संवेदनशील रहेको र सरकारलाई जिम्मेवार बन्न र तुरुन्त समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।उनले भने शिक्षकहरू विद्यालय बन्द गरेर सडकमा आउन बाध्य हुनु पर्ने बताएका छन् ।
शिक्षकहरूका मागहरू केही व्यवहारिक, कानुनी र संवैधानिक छन् । दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ । व्यवहारिक कारणले त्यसो हुन सकेको देखिन्न । यस्ता मागहरू तुरुन्त सम्बोधन गरौँ। शिक्षकहरूको भूमिकाको उच्च मूल्याङ्कन गर्दै विधेयकमा आवश्यक प्रावधान समेटौँ र यो आन्दोलन आजै सहमतिमा ल्याएर छाैडनाैँ।