Logo

मंगलवार, कार्तिक ११ गते २०८३

१९ औं एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले विजयी सुरुआत

१९ औं एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले विजयी सुरुआत

जोईन खबर

७, आश्विन २०८०
  • 814
    SHARES
  • १९ औं एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले विजयी सुरुआत

    ७ असाेज काठमाडाैँ । चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरेका छन् ।हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे । जितसंगै प्रदीप अन्तिम ३२ मा प्रवेश गरेका छन् ।

    images

    अर्को चरणमा प्रदीपले सोमबार जापानका खेलाडीसंग प्रतिस्पर्धा गर्ने छन् ।आइबारै नेपाली खेलाडीले २ महिला सिंगल्स तथा १ पुरुष डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका    थिए । तीनै खेलमा नेपाली खेलाडीले हारको सामना गरे ।महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमा वाइ पाएका थिए । दोश्रो चरणमा अभिलाषा थाइल्यान्डकी खेलाडीसंग सोझो सेटमा ६–० र ६–० को ले पछि परिन् ।

    images
    images
    images

    माहिका दक्षिण कोरियाली खेलाडीसंग ०–६ र १–६ ले चुकिन् । पुरुष डबल्समा प्रदीप र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसंग ६–२ र ६–३ ले चुके ।सोमबार प्रदीपसंगै अभिषेकले पुरुष सिंगल्स तथा अभिलाषा र माहिकाले महिला डबल्समा खेल्ने छन् । त्यसै दिन अभिलाषा र अभिषेक तथा प्रणव खनाल र सुनिरा थापाको जोडीले मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने छन् ।

    प्रकाशित मिति :आश्विन ७, २०८० आइतवार - १७:२८:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको