२६ असाेज काठमाडाैँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सकिएको छ ।
कार्कीले आफ्नो दल कांग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् ।माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले भने कांग्रेससहित चार दलका नेताहरुको हस्ताक्षर लगेका थिए ।
तत्काल मुख्यमन्त्री नियुक्त नगर्ने संकेत पाएपछि कार्कीलाई समर्थन गरेका प्रदेश सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् ।