१३ मंसिर काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका शीर्ष नेता बुधबार बैतडीको झुलाघाटतर्फ प्रस्थान गर्दैछन् । पश्चिम झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्मको १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गमा पदयात्रा गर्दैछ ।
दयात्राको टोलीलाई सुदूरपश्चिमको टोलीले वनखेतमा कर्णालीको टोलीलाई हस्तान्तरण गर्नेछ । १९ दिनसम्म सञ्चालन हुने उक्त पदयात्राका क्रममा बाटोमा पर्ने ठाउँको विकास सम्भावना र समृद्धिबारे पनि छलफल बहस र अध्ययन हुने छ ।
यात्राका क्रममा राजमार्गमा पर्ने जिल्लाहरूमा एमालेले कार्यक्रम गर्ने सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले बताए ।सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको ३५८ किलोमिटर यात्राका बीचमा डडेलधुरा, डोटी, अछामको साँफेबगर र मंगलसेनमा कार्यक्रम हुने जैशीले बताए ।