१३ मंसिर काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाएको छ । सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सांसद भएका तर केन्द्रीय सदस्य नभएका सबैलाई केन्द्रीय सदस्य बनाउने भनेर केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्तावमा गएराति सहमति भएको थियो ।
प्रतिनिधि सभामा रास्वपाका ९ महिला र १२ पुरुष गरी २१ जना सांसद छन् । रास्वपाको विधानमा १२१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था भए पनि हाल ३८ जना मात्र छन् ।