२१ मंसिर काठमाडाैँ । सरकारले एनसेल प्रकरण छानबिनको लागि छानबिन समिति गठन गरेको छ। अाज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।
समितिलाई ३० दिनको कार्यवधि दिइएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।समितिको सदस्यमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले रहेका छन्।
मलेसियाली कम्पनी आजियटाले एनसेलमा भएको आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बेलायतमा दर्ता रहेको एक कम्पनीलाई न्यून मूल्यमा बिक्री गरेपछि यस प्रक्रणमा संसदीय समितिहरूले छानबिन गर्न सरकारलाई निर्देशन दिएका थिए। जसमा अाज बसेकाे मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन थप विवरण लिने पनि निर्णय गरिने भएकाे छ ।