२७ मंसिर काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोजपुरको टेम्केमैयुङ गाउँ कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै देशको विकासका लागि एमालेको एकल सरकार आवश्यक भएको बताएका छन् ।
उनले यो कामका लागि सही तरिकाबाट सबैको साथ लिएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आव्हान गरे ।
ओलीले भने, ‘हाम्रो देश हामी आफैँले नै बनाउनुपर्छ । एमालेले देश बनाउँछ । यसका लागि सँगसँगै हिडौं ।ओलीले मिसन ८४ अभियान अन्तर्गत नै मध्यपहाडी सङ्कल्प यात्रा आयोजना गरिएको बताए ।
उनले यात्रामा उत्साहपूर्ण सहभागिता जनाएका भन्दै सबैलाई धन्यवाद दिएका छन् ।नेकपा एमालेको सरकारले छोटो समयमा पनि पर्याप्त काम गरेको उनको दाबी गरेका छन् ।