Logo

बुधवार, श्रावण १३ गते २०८३

रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेकाे छ : प्रधानमन्त्री दाहाल

रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेकाे छ : प्रधानमन्त्री दाहाल

जोईन खबर

५, पौष २०८०
  • 751
    SHARES
  • रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेकाे छ : प्रधानमन्त्री  दाहाल

    ५ पुष काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीतिक परिवर्तनमा उल्लेख्य भूमिका खेलेको रोल्पाको विकासलाई सरकारले उच्च प्राथमितामा राखेको बताउनुभएको छ ।उहाँले सहिद मार्ग निर्माण तथा कालोपत्रका लागि तत्काल काम अघि बढाइने प्रतिबद्धतासमेत जनाउनुभयो ।

    images

    रोल्पाबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र का सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बजेट अभावका कारण सहिदमार्ग निर्माणमा ढिलाइ भएको गुनासो गर्दै आज प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।

    प्रतिनिधिसभातर्फ एउटा मा निर्वाचन क्षेत्र रहेको रोल्पाका सङ्घीय सांसद एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर रकम सुनिश्चितताका लागि आग्रह गरेको हो ।

    आर्थिक वर्ष २०६४÷६५ देखि सुरु भएको दाङको घोराहीदेखि रोल्पाको होलेरी घर्तीगाउँ हुँदै पूर्वीरुकुमको हुकाम–मैकोटसम्मको सहिदमार्ग निर्माणले अझै पूर्णता नपाएकाले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको सांसद पुनले जानकारी दिनुभयो । 

    यस्तै हुकाम–मैकोट खण्डमा ट्र्याक खोल्ने काम बाँकी रहेकाले त्यसको प्रबन्ध मिलाइदिन माग गरिएको प्रधानमन्त्री दाहाललाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । विगतमा घोराही–होलेरी सडकखण्डको ३१ दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएकामा निर्माण व्यवसायीको लापरबाहीले तोकिएको समयसम्म उचित मर्मतसम्भार नगरेका कारण कालोपत्र भत्किएर सो ठेक्का रद्द गरी नयाँ प्रक्रियाका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृतिको चरणमा रहेको भन्दै उनीहरुले बजेटको न्यूनताका कारण ठेक्का प्रक्रियामा ढिलाइ भएकाले सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन प्रधानमन्त्रीसँग माग गरेका थिए ।

    प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षणपत्र बुझाउन सांसद पुनसहित लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र पुन, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ती, माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्ती, त्रिवेणी गाउँपालिकाका अध्यक्ष कर्णबहादुर बाँठा, रुण्टनीगढी गाउँपालिकाका अध्यक्ष जनक पुन, परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढालगायत प्रधानमन्त्री निवास पुग्नुभएको थियो ।एजेन्सी

    प्रकाशित मिति :पौष ५, २०८० बिहिवार - १७:०७:५६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको