Logo

बिहिवार, श्रावण १४ गते २०८३

१५औँ जराङ कप २०८० आउने माघ १ गतेदेखि ५ गतेसम्म हुने

१५औँ जराङ कप २०८० आउने माघ १ गतेदेखि ५ गतेसम्म हुने

मदन नगरकोटी

१८, पौष २०८०
  • 3.1K
    SHARES
  • १५औँ जराङ कप २०८० आउने माघ १ गतेदेखि ५ गतेसम्म हुने

    १८ पुष काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ८ जराङमा १५ औँ जराङ कप २०८० हुने भएको छ । जराङमा रहेको जनप्रेमी युवा क्लबद्वारा आयोजित खुल्ला  सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता हरेक बर्ष सञ्चालन हुदैँ आएको जनप्रेमी युवा क्लब अध्यक्ष किसान गुरुङ्गले बताउनु भयो । प्रतियोगिता आउने माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने भएको छ ।

    images

    414469203_889742705938584_657544489761162743_n.jpg

    जराङ कप २०८० को  फुटबल प्रतियोगिता जराङको बिकास अनुशासन गतिशिलता भन्ने मूल नाराका साथ युवाहरुमा रहेको  प्रतिभा र स्तरलाई वृद्धि गर्ने उच्चतम लक्ष्यका साथ सञ्चालन हुने १५ औँ  संस्करणको प्रतियोगिता बारपाक सुलिकोट गाउँपालिका वडा न ८ जराङको जनप्रेमी युवा क्लबको  खेल मैदानको तल्लो जराङमा हुने भएको हो । यस प्रतियोगितामा विजेता हुने टिमलाई नगद रु १ लाख ५५ रुपैयाँ सहित कप,मेडल,प्रमाणपत्र दिने छ भने, उपविजेता हुने  टिमलाई नगद रु ५० हजार ५५ रुपैयाँ सहित मेडल ,प्रमाणपत्र दिई सम्मान गरिने क्लब अध्यक्ष  गुरुङ्गले जानकारी दिनु भयो ।

    image_2024-01-03_151705814.png

    यसै गरी प्रतियोगिता सेमिफाईनलमा पुग्ने दुई टिमलाई नगद रु १०,००० / १०,००० हजार विधमगत रुपमा दिने छ । उक्त प्रतियोगिताको खेलमा उत्कृष्ट खेलाडीलाई नगद रु २,००० र कप,उत्कृष्ट गोलकीपर लाई नगद रु २,०००र कप, उत्कृष्ट डिफेन्सलाई नगद रु २,००० र कप, सर्बाधिक गोलकर्तालाई नगद रु २,००० र कप दिई सम्मानित गरीने क्लब अध्यक्ष  गुरुङ्गले जानकारी दिनु भयो ।  क्लबका अध्यक्षका अनुसार प्रतियोगितामा म्यान अफ दि म्याचलाई पनि मेडल दिएर सम्मान गरिने छ ।

    415070610_889780219268166_1113475632926280160_n.jpg

    प्रतियोगितामा  सहभागी हुनका लागि टिमले प्रवेश शुल्क रु ६ हजार र १५ सय कार्ड शुल्कको लागि अग्रिम तिर्न पर्ने हुन्छ भने , टिम दर्ता गर्नका लागि फोन मार्फत बाट पनि सम्पर्क गर्न मिल्ने क्लबका अध्यक्ष गुरुङ्गले बताउनु भयो । यदि खेलमा कुनै पनि कार्ड प्राप्त नभएमा उक्त रु १५०० शुल्कका फिर्ता गरिनेछ भने यस खेलमा सहभागि हुनको लागि पुष २८ गते बेलुका सम्म टिम दर्ता गरि सक्नु पर्ने छ ।

    image_2024-01-03_151601506.jpg

    यस प्रतियोगितामा सहभागी भएका टिमको टाई  सिट पुष २९ गते सार्वजानि गरि माघ १ गते उद्घाटनसंगै खेल सुरु  गरिने छ । खेलमा खेलाडी संख्या १० जना र २ जना अफिसियलको नामाकाली अनिर्वाय हुनु पर्नेछ भने, प्रतियोगिता फिफा तथा एनफाको नियम अनुसार सञ्चालन हुने र खेल अबधिभर जुनसुकै खेलाडीहरुलाई चोट लागेमा वा दुर्घटना भएको  खण्डमा खेलाडीलाई आयोजकले प्राथमिक उपचार मात्र गरिने साथै प्रतियोगिताको खेलमा भएको विवाद आए वा झडप भएमा आयोजकको समितिले गरेकाे निर्णय नै अन्तिम  निर्णय हुने क्लबका अध्यक्ष किसान गुरुङ्गले जानकारी दिनुभयो । माघ १ गतेदेखि सुरु हुने  प्रतियोगिताको उद्घाटन बारपाक सुलिकोट गाउँपालिका  अध्यक्ष विष्णु प्रसार भट्टद्वारा हुने जनप्रेमी युवा क्लबका अध्यक्ष किसान गुरुङ्गले  बताउनु भयो । 
      

    प्रकाशित मिति :पौष १८, २०८० बुधवार - १४:५३:४० बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको