Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल विज्ञापन संघ आनको ११ औँ कार्यसमितिको  निर्वाचन हुदैँ

नेपाल विज्ञापन संघ आनको ११ औँ कार्यसमितिको  निर्वाचन हुदैँ

मदन नगरकोटी

२२, पौष २०८०
  • 1.9K
    SHARES
  • नेपाल विज्ञापन संघ आनको ११ औँ कार्यसमितिको  निर्वाचन हुदैँ

    २२ पुष काठमाडौँ । नेपाल विज्ञापन संघ आनको  ११ औॅ कार्यसमितिको निर्वाचन हुन लागेको छ ।

    images

    नेपाल विज्ञापन संघको कार्यसमितिको निर्णय अनुसार  संघको नयाँ कार्यसमितिको निर्वाचन यही मिति  २०८० सालको पौष २२ गते  आइतबारका दिन होटल अरण्या नागपोखरी, नक्साल काठमाडौँमा आज दिउॅसो २ः०० बजे हुने संघले बताएको छ ।

    संघको २४ औं बार्षिक साधारण सभा अन्तर्गतको सम्पन्न हुन बाँकी ११औं कार्यसमितिको निर्वाचन कार्यक्रमबाट यस संघको बिधान बमोजिम आगामी ३ बर्षे कार्यकालको लागि निर्वाचनको नयाँ समितिको उम्मेदवार अन्तिम नामावली बमोजिम मतदान बाट नयॅा कार्यसमिति निर्वाचित गर्नु पर्ने भएको हो ।

    यस संघको निर्वाचनमा आगामी ३ बर्षे कार्यकालको लागि निर्वाचन समितिको अन्तिम नामावली बमोजिम अध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएको छ ।

    उक्त पदहरुमा निर्वाचन गरि रहन नपर्ने भए पनि पदाधिकारी मध्ये कोषाध्यक्ष पदमा  २ उम्मेदवारी दर्ता भएको कारणले  मतदानबाट निर्वाचित गर्नुपर्ने भएको हो । यस संघको कार्यसमितिका सदस्य पदमा निर्वाचित गर्नुपर्ने पद ७ थियो, भने  १० उम्मेदवारी  दर्ता भएको कारणले मतदान प्रक्रियाबाट निर्वाचित गर्नुपर्ने भएको संघले बताएको छ । आज हुने  निर्वाचनमा कोषाध्यक्ष २ जना उम्मेदवारी मध्य १ जना निर्वाचित हुनु पर्ने  छन् । संघको सदस्यमा १० जान मध्य ७ जना निर्वाचित हुनु  पर्ने संघको भनाइ छ ।


     


     

    प्रकाशित मिति :पौष २२, २०८० आइतवार - १२:०२:४५ बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको