२३ पुष काठमाडौँ ।गोरखाको वारपाक सुलिकोट गाउँपालिका वडा न ८ पन्द्रुङको माथिल्लो जराङ डाडाँमा बन्नेको जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेल स्मृति पार्कमा डिजिटल बोर्ड जडान गरिएको छ।
उक्त पार्क माओवादी जनयुद्धका बेलामा राज्यपक्षबाट मारिएका प्रथम शहीद दिलबहादुर रम्तेलको गाउँ पनि हो । गाउँपालिकाको कार्यालय ताकुकोट नजिकै पर्ने माथिल्लो जराङ डाँडा बन्नेको छ ।
यो पार्क करिव ८ रोपनी ६ आना क्षेत्रफलमा फैलिएको त्यहीँ डाँडा अहिले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको सम्झनामा शहीद स्मृति पार्कको रुपमा विकास भएको छ ।

गोरखा हुदैँ ध्याम्पेसाल–ताकुकोट सडकखण्डको छेवैमा पर्ने शहीद स्मृति पार्क अहिले डिजिटल बोर्डमा मिति, समय, पार्कको ठेगाना, इमेल ठेगाना लगायतका सूचना राख्न सहज हुने भएको छ । पार्क निर्माणको काम ८० सम्पन्न भएसंगै डिजिट बोर्ड जडानको काम पनि सम्पन भएको हो ।
निमार्ण सम्पन्न नभए पनि हजारौ आन्तरिक तथा बाह्य पर्यटक रम्तेल स्मृति पार्कको अवलोकन गर्नका लागि त्यहाँ पुगी राखेका हुन्छन् ।
जसमा बनेको पार्क भित्र जनयुद्धकालिन समयमा तत्कालिन माओवादी जनमुक्ति सेनाले प्रयोग गरेका हातहतियार, सञ्चार सामग्री तथा ऐतिहासिक दस्तावेजहरु समेत प्रर्दशनीका लागि राख्न लागिएको छ ।