Logo

बिहिवार, श्रावण १४ गते २०८३

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ४३ लाख ठगेको आरोपमा पाल्पाकी राना पक्राउ

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ४३ लाख ठगेको आरोपमा पाल्पाकी राना पक्राउ

मदन नगरकोटी

२, माघ २०८०
  • 826
    SHARES
  • वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै  ४३ लाख ठगेको आरोपमा पाल्पाकी  राना पक्राउ

    २ माघ काठमाडौँ । वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक  महिला पक्राउ परेकी छिन्।

    images

    पक्राउ पर्नेमा पाल्पा बग्नासकाली गाउँपालिका-१ घर भईकी हाल काठमाडौं-१५ स्वयम्भू बस्ने ३० वर्षीया मायादेवी रानालाइ प्रहरीले तीन दिनअघि स्वयम्भूबाट पक्राउ गरेको  हो।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका  प्रहरी उपरीक्षक मिलन केसीका अनुसा उनले दीपकराज कँडेलसहितका व्यक्तिबाट माल्टा पठाउने बहानामा ४३ लाख रुपैयाँ ठगी गरेको आरोप छ।प्रतिव्यक्ति आठ लाख रुपैयाँ लागत लाग्ने र माल्टा पुगेपछि होटलमा काम लगाइदिने भन्दै उनले रकम संकलन गरेकी थिइन्।

    रकम लिएर सम्पर्कविहीन भएपछि रानाविरूद्ध पीडितले  उजुरी दिए पछि खाजि गरि पक्राउ गरिएको केसीले बताए। रानालाई आवश्यक अनुसन्धान र कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले बताए ।

    प्रकाशित मिति :माघ २, २०८० मंगलवार - २१:१०:४८ बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको