Logo

बिहिवार, श्रावण १४ गते २०८३

 जराङ कप २०८० को फाइनलमा आर एफसी जराङ र अन्नपूर्ण युथ क्लब भिडदैँ 

 जराङ कप २०८० को फाइनलमा आर एफसी जराङ र अन्नपूर्ण युथ क्लब भिडदैँ 

मदन नगरकोटी

५, माघ २०८०
  • 1.9K
    SHARES
  •  जराङ कप २०८० को फाइनलमा आर एफसी जराङ  र अन्नपूर्ण युथ क्लब भिडदैँ 

    ५ माघ काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न- ८ जराङस्थित जनप्रेमी युथ क्लबको आयोजनामा तल्लो जराङमा सञ्चालन भएको  १५ औँ  खुल्ला फुटबल प्रतियोगिताको फाइनल खेल आज दिउँसो २ बजे  हुने भएको छ ।

    images

    आज शुक्रबार  बिहान भएको  सेमिफाइनल खेलमा  थ्रीस्टार युथ क्लबलाई ७-० गोले पराजित  गर्दै आर एफसी  जराङ  फाइनल पुगेको हो । आर एफसी जराङ लगातार तेस्रो जितसंगै फाइनल प्रवेश गरेको थियो । उक्त खेलमा समूह 'ए' बाट थ्रीस्टार युथ क्लब मसेललाई हराउदैँ आर एफसी  जराङले फाइनल पक्क बनाएको हो । यस्तै अर्को सेमिफाइनल खेलमा अन्नपूर्ण युथ क्लबले आयोजक 'बि' जनप्रेमी युथ क्लबलाई १-० गोले पराजित गर्दै अन्नपूर्ण युथ क्लब फाइनलमा पुगेको क्लवका अध्यक्ष किसान गुरुङले बताउनु भयो ।

    "युवाको कामना,सकारात्मक परिवर्तनमा नप्रेमी युथ क्लब भन्ने" नारा सहित सेभेन ए साइड फुटबल प्रतियोगिता बारपाकको वडा न ८ जराङ जनप्रेमी युथ क्लबको खेल  मैदानमा भइरहेको छ । माघ १ गतेदेखि सुरु भएको खेल माघ ५ गते शनिवार सम्पन्न हुनेछ । प्रतियोगितामा २० टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा बिजेतालाई  नगद रु १ लाख  ११ रूपैयासहित कप,मेडल,प्रमाणपत्र दिने तथा उपबिजेतालाइ नगद रु५० हजार ५५रूपैयाँसहित कप,मेडल,प्रमाणपत्रले सम्मान गरिने क्लवका अध्यक्ष किसान गुरुङले जानकारी दिनुभयो।

    प्रतियोगितामा उत्कृष्ट खेलाडी , सर्वाधिक गोलकर्ता , उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डर लाई समेत पुरस्कारको ब्यबस्था समेत क्लवका अध्यक्ष  गुरुङले  बताउनु भयो । क्लव अध्यक्ष गुरुङका अनुसार वि स २०६५ सालदेखि हरेक बर्ष फुटबल खेल प्रतियोगिता गर्दै आएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ८ जराङले फुटबल विगत १५ बर्ष सम्म प्रतियोगिता आयोजना गर्दै आएका जनप्रेमी युथ क्लब अध्यक्ष गुरुङको दावी छ । क्लवले निर्माण गरेको खेल मैदान जिल्ला र पालिकाको उत्कृष्ट समेत रहेको छ ।

    प्रकाशित मिति :माघ ५, २०८० शुक्रवार - १४:०२:०० बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको