१९ चैत, काठमाडौं । पाइलट बिरामी पछिपछि नेपाल एयरलाइन्सको काठमाडौं-दुबई उडान ११ घण्टा डिलो भएको छ ।शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए२२९ उडान नम्बरको विमानको अहिले भर्खरै ‘डोर क्लोज’ गरिएको छ ।
निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार यस उडानमा तोकिएका एक पाइलटले बिरामी भएको रिर्पोटिङ गरेका थिए ।विकल्पमा अर्को पाइलटसमेत उपलब्ध हुन नसकेपछि उडान ११ घण्टा सम्म डिले हुन पुगेको हो ।
प्रकाशित मिति :चैत्र १९, २०७९ आइतवार -
११:५६:०३ बजे