Logo

बिहिवार, श्रावण १४ गते २०८३

ओमन पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्ति पक्राउ

ओमन पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्ति पक्राउ

मदन नगरकोटी

८, माघ २०८०
  • 946
    SHARES
  • ओमन पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्ति पक्राउ

    ८ माघ काठमाडौँ । प्रहरीले ओमन पठाईदिन्छु भन्दै रकम ठगी  गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा   सिन्धुपाल्चोक मेलम्ची नगरपालिका  वडा नं - ११ घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नं -६ वौद्ध बस्ने  २५ बर्षीय उज्वलराज पाण्डे रहेका छन् ।

    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको वौद्धबाट आइतबार पक्राउ गरेको हो ।

    उक्त उज्वलराज पाण्डेले विवेक सुनार समेत  ३ जनालाई वैदेशिक रोजगारीको लागि ओमन पठाईदिन्छु र ओमन पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भन्दै प्रलोभन देखाई मासिक रु ६०,००० हजार  भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई पीडितबाट प्रतिव्यक्ति रु २,५०,००० हजार रुपैयाँका दरले पटक पटक गरी जम्मा रु ५,३०,००० हजार रुपैयाँ  रकम उठाइ सम्पर्क विहीन भई ठगी गरेको प्रहरीको आरोप छ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ। 

     

    प्रकाशित मिति :माघ ८, २०८० सोमवार - १६:३०:२८ बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको