Logo

बिहिवार, श्रावण १४ गते २०८३

राष्ट्रपतिको रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

राष्ट्रपतिको रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

जोईन खबर

१९, चैत्र २०७९
  • 679
    SHARES
  • राष्ट्रपतिको रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

    काठमाडौँ, । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।स्वास्थ्य असहजता भई अस्पतालमा भर्ना हुनु भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

    images

    राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का आज बिहान अस्पताल पुग्नुभएको थियो ।

    साथै सांसद सुरेन्द्र आचार्य, पूर्वसभामुख तारानाथ रानाभाटले पनि भेट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको राष्ट्रपति पौडेलका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताउनुभयो ।

    प्रकाशित मिति :चैत्र १९, २०७९ आइतवार - १५:४३:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको