Logo

मंगलवार, कार्तिक ११ गते २०८३

फेरि आन्दोलनका लागि मिटरब्याज पीडितहरु काठमाडौं आउने

फेरि आन्दोलनका लागि मिटरब्याज पीडितहरु काठमाडौं आउने

जोईन खबर

१९, चैत्र २०७९
  • 850
    SHARES
  • फेरि आन्दोलनका  लागि मिटरब्याज पीडितहरु  काठमाडौं आउने

    १९ चैत, काठमाडौं। सरकारसँग १८ चैतमा गरिएको सम्झौता अधुरो भएको भन्दै मिटरब्याज पीडितहरु आन्दोलनका लागि फेरि काठमाडौं आउने भएका छन् ।

    images

    सरकारी सम्झौता अधुरो भएको बताउँदै  मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालले २० चैतदेखि काठमाडौंमा निर्णायक आन्दोलन गर्ने बताएको हो।

    images
    images
    images

     

    आयोग गठन गरेर पीडित पक्षलाई अलमल्याउनु हो,’ समितिले जारी गरेको विज्ञप्तीमा लेखिएको छ । मिटरब्याजविरुद्ध फास्ट ट्रयाकमा कानून बनाउन समेत पीडितले माग गरेका छन् ।

    ‘सरकारले मिटरब्याजका तमसुक अवैध भएको घोषणा तत्काल गरोस्। साथै मिटरब्याज विरुद्धका सम्पूर्ण मुद्धा तत्काल स्थगित गर्ने, फैसला भइसकेका मुद्धा पुनरावलोकन गर्ने र मिटरब्याजी साहु-महाजनको सम्पत्ति छानबिन गर्ने राजनीतिक बन्दोबस्त शीघ्र गरोस्,’ समितिले भनेको छ ।

    ‘बारम्बार सहमती हुन्छ तर, कार्यान्वयन हुँदैन,’ निर्ग नविनले भने, ‘अब हामी निर्णायक आन्दोलनमा छौं ।’ सरकारले बनाउने भनेको आयोगमा पीडितको पनि सहभागिता हुनुपर्ने र आयोग कर्मचारी नेतृत्वको नभई राजनीतिक नेतृत्वको हुनुपर्ने पीडितको माग छ ।

     

     

    प्रकाशित मिति :चैत्र १९, २०७९ आइतवार - १६:२०:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको