२० चैत काठमाडौं । नेपाल सरकारले गाैतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको एक मन्त्रीले बताउनु भएको हो।

धुर्मुस सुन्तली फाउन्डेसन चितवनमा निर्माणगर्ने भनको उत्त रंगशाला रकम अभावका कारण केहि वर्बष देखि अलपत्र परेको हो ।सीताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाउदै निर्माण रोकेको हो।
धुर्मुस सुन्तली फाउन्डेसनका संस्थापक कट्टेलले रंगशालाको स्वामित्व लिनका लागि सरकारलाई आग्रह गरेको थिए सोमबार मन्त्रिपरिषदको निर्णयसँगै अब केही दिन बाट चितवन क्रिकेट रंगशाला निर्माण कार्य अघि बढउने भएको हो ।