२२ चैत काठमाडौ । चितवनको सौराहामा निजी हात्तीमाथि आक्रमण हुँदा सूँड काटिएको छ । मङ्गलबार राति करिब साढे ११ बजेतिर दिपक खतिवडाले पाल्नु भएको हात्तीमाथि नचिनेका व्यक्तिले आक्रमण गरि सूँड काटेका छन् ।
सौराहाका प्राविधिक किरण रिजालको टोलीले उपचार गरेको छ । उपचारपछि सामान्य अवस्थामा जान लागेको रिजालले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, ‘‘दिएको खानेकुरा खान सक्छ पानी भने सूँडले खान पर्ने भएकाले त्यो खान सकेको छैन ।’’
हात्तीलाई घरमा आएर आक्रमण गरिएको थियो । हात्ती पीडाले कराएपछि हेर्न पुग्दा सूँड काटिएको अवस्थामा भेटिएको हात्ती मालिक खतिवडाले बताउनुभयो ।हाती माथिको आक्रमण निन्दनिय भएकाले आक्रमण गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक विजय श्रेष्ठले जानकारी दिनुभयो ।