Logo

मंगलवार, श्रावण १२ गते २०८३

प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि आलोपालोको आधारमा अगाडि बढाउँछौं : माओवादी नेता सचिव देवेन्द्र पौडेल

प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि आलोपालोको आधारमा अगाडि बढाउँछौं : माओवादी नेता सचिव देवेन्द्र पौडेल

जोईन खबर

२१, फाल्गुण २०८०
  • 970
    SHARES
  • प्रदेशका मुख्यमन्त्रीहरुलाई पनि आलोपालोको आधारमा अगाडि बढाउँछौं : माओवादी नेता सचिव देवेन्द्र पौडेल

    २१ फागुन काठमाडौँ ।प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले नयाँ गठबन्धनसंगै  चार दलका  नेताहरु  बैठक बस्दै छन् । अहिले बालुवाटारमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीको बैठक सुरू भएको छ ।

    images

     छलफलमा सहभागी हुने नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलका अनुसार नयाँ गठबन्धनमा आवद्ध दलहरुलाई समेटेर राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पनि नयाँ सहमति खोज्ने तयारी हुने भएको बताउनु भयो ।

    सचिव पौडेलको भनाइ  अनुसार  अब आउने सरकारले प्रदेशका मुख्यमन्त्रीहरु पनि आलोपालोको आधारमा अगाडि बढाउँने जानकारी दिनु भयो । नयाँ गठबन्धनको सरकारबाट प्रदेशको हकमा नेकपा एमालेले ३,नेकपा माओवादी केन्द्रले २ वटा प्रदेशको नेतृत्व लिनेबारे दलहरुबीच छलफल भइरहेको र बाँकी दुई प्रदेशको नेतृत्व गठबन्धनका अन्य दललाई दिने तयारी  समेत  भएको बताउनु भयो ।

     

    प्रकाशित मिति :फाल्गुण २१, २०८० सोमवार - ११:१८:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको