Logo

बुधवार, श्रावण १३ गते २०८३

जसपाबाट एक उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय पाए, आजै राष्ट्रपति रामचन्द्रपौडेलद्वारा शपथ ग्रहण

जसपाबाट एक उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय पाए, आजै राष्ट्रपति रामचन्द्रपौडेलद्वारा शपथ ग्रहण

जोईन खबर

२७, फाल्गुण २०८०
  • 853
    SHARES
  • जसपाबाट एक उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय पाए, आजै राष्ट्रपति रामचन्द्रपौडेलद्वारा शपथ ग्रहण

    २७ फागुन काठमाडौँ । जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन्।आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवसँगै दुई जना मन्त्री नियुक्त गरेका हुन्।

    images

    प्रचण्डको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ। चार उपप्रधानमन्त्री  नेकपा एमालेबाट रघुवीर महासेठ, नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ ,राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने,जनता समाजवादी पार्टी उपेन्द्र यादव उपप्रधानमन्त्री बनेका  हुन् ।

    आज नियुक्त भएका यादवलाई उपप्रधानमन्त्रीको वरीयतामा चौथो नम्बरमा राखिएको छ।जसपाबाट अर्का नवलकिसोर साह पनि  वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।नवनियुक्त दुवै मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

    image_2024-03-10_160545729.png

    प्रकाशित मिति :फाल्गुण २७, २०८० आइतवार - १५:२८:५१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको