Logo

बिहिवार, श्रावण १४ गते २०८३

वैदेशिक अध्ययनका नाममा ८० हजार युवा युवातीले नेपाल छाडे

वैदेशिक अध्ययनका नाममा ८० हजार युवा युवातीले नेपाल छाडे

जोईन खबर

२४, चैत्र २०७९
  • 682
    SHARES
  • वैदेशिक  अध्ययनका नाममा  ८० हजार युवा युवातीले नेपाल छाडे

    २४ चैत काठमाडौ। वैदेशिक अध्ययनका लागि विद्यार्थीको बिदेशीने बढ्न थालेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अध्ययन अनुमति शाखाको तत्थ्यांकअनुसार साउनदेखि चैत २२ गतेसम्म ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमतिपत्र (एनओसी) लिएका छन्।

    images

    foreign_employment.jpeg

     

    वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार ०७८ को वैशाखमा  एक हजार ६ सय ९६, जेठमा चार सय ५६, असारमा तीन हजार एक सय नौ, साउनमा पाँच हजार तीन सय ४१, भदौमा पाँच हजार आठ सय ६०, असोजमा चार हजार नौ सय ६३, कात्तिकमा तीन हजार सात सय ५७, मंसिरमा पाँच हजार ६ सय ९५, पुसमा सात हजार ८५, माघमा नौ हजार पाँच सय १३, फागुनमा १३ हजार नौ सय ७२ र चैतमा १६ हजार तीन सय ४८ जनाले वैदेशिक अध्ययनका लागि अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए।

     अध्ययनका लागि अस्ट्रेलिया, जापान, अमेरिका र क्यानडा जानेको संख्या बढी छ। हाल औसतमा दैनिक ६ सयजनाले वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिइरहेको शाखाले जनाएको छ। 

    अनलाइनबाट आवेदन दिने, रुजु गर्ने र एनओसी पाउने समय सम्बन्धित विद्यार्थीलाई जानकारी गराउन थालेपछि लाइन बस्नेको संख्या घट्नाका साथै सेवा प्रवाह सहज र छिटो भएको एनओसीले जिकिरले जानकारी दिएको बताएका थिए । 

    प्रकाशित मिति :चैत्र २४, २०७९ शुक्रवार - १६:१४:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको