२७ चैत काठमाडाैँ । एसिसी प्रिमियर कपको लागि नेपाली टाेलिकाे लागि १४ सदस्य घोषणा भएको छ ।एसिसी क्रिकेट काउन्सिल (एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको छ ।ओमानमा हुने प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म हुनेछ ।
नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जी.सी र अभिनाश बोहरा छन्।
प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार र समूह बी मा युएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् ।हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल हुँदै विजेता हुने टोलीले एसिया कप खेल्ने पाउनेछ । नेपाल, युएई र ओमान विजेताको प्रमुख दाबेदार हुन् ।