Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखाको शक्ति मावि तोडफोड गरी विद्युत् तार चोरी गर्ने एक जना पक्राउ

गोरखाको शक्ति मावि तोडफोड गरी विद्युत् तार चोरी गर्ने एक जना पक्राउ

जोईन खबर

१३, कार्तिक २०८३
  • 199
    SHARES
  • गोरखाको शक्ति मावि तोडफोड गरी विद्युत् तार चोरी गर्ने एक जना पक्राउ

    ११ कार्तिक गोरखा । गोरखा सदरमुकामस्थित शक्ति माध्यमिक विद्यालय तोडफोड गरी विद्युत् तार चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। विद्यालय तोडफोड भएको जानकारी प्राप्त भएको ११ दिनपछि बुधबार प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको हो।

    images

    प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार दशैंको फूलपातीको आसपास विद्यालयमा बिदा भएको मौका छोपी पुस्तकालय र पूर्व कार्यालय प्रमुखको निवाससहित तीनवटा भवनमा तोडफोड गरिएको थियो। तोडफोडका क्रममा भवनमा जडान गरिएका विद्युत् तार चोरी गर्नुका साथै विद्युत्सम्बन्धी अन्य सामग्रीमा समेत क्षति पुर्‍याइएको थियो।

    images
    images
    images

    तोडफोडमा संलग्न समूहले तीनवटा भवनमा बाहिरी रूपमा जडान गरिएका सबै विद्युत् तार चोरी गरेको प्रहरीले जनाएको छ। उनीहरूले बल्ब, मिटरबक्सलगायतका विद्युत् सामग्रीसमेत तोडफोड गरी नष्ट गरेका थिए।प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले विद्युत् तारमा रहेको तामाजन्य धातु चोरी गर्ने उद्देश्यले भवनको हाउस वायरिङ तोडफोड गरेको बयान दिएका छन्।

    पक्राउ परेका व्यक्तिलाई बिहीबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए।विद्यालयजस्तो सार्वजनिक शैक्षिक संस्थामा भएको तोडफोड र चोरीका कारण भौतिक सम्पत्तिमा क्षति पुगेको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको भूमिका तथा चोरी भएका सामग्रीबारे थप अनुसन्धान गर्ने जनाएको छ।

    प्रकाशित मिति :कार्तिक १३, २०८३ बिहिवार - १२:०५:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको