Logo

बुधवार, कार्तिक १२ गते २०८३

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

जोईन खबर

१२, कार्तिक २०८३
  • 238
    SHARES
  • दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

    ११ कार्तिक काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ। बुधबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।

    images

    पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए। उनले ३६ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे।

    images
    images
    images

    सुरुवातमै ओपनर विनोद भण्डारीलाई ४ रनमा गुमाएको सुदूरपश्चिमका लागि सैफ अली जैब र ब्रान्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे। सैफ १४ र ब्रान्डन २२ रन बनाएर आउट भए।

    त्यसपछि कप्तान दीपेन्द्र र इशान पाण्डेले इनिङ्स सम्हाल्दै चौथो विकेटका लागि ७४ रनको महत्त्वपूर्ण साझेदारी गरे। इशानले ३१ बलमा ३७ रन बनाए। उनी आउट भएपछि पनि सुदूरपश्चिमले लक्ष्य पछ्याउने क्रम जारी राख्यो। शेर्फन रदरफोर्ड ८ रनमा अविजित रहे।पोखराका बलर धनन्जय लक्षन, महेदी हसन र शाकिब अल हसनले एक–एक विकेट लिए।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो।

    पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक अविजित ४० रन बनाए। उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अर्जुनले अन्तिम ओभरमा आक्रामक ब्याटिङ गर्दै १५ रन जोडे।महेदी हसनले ३२ रन बनाए। उनले कप्तान कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए। महेदीलाई अनिल खरेलले कप्तान दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए।

    पोखराले तेस्रो ओभरमै पहिलो विकेट गुमाएको थियो। ओपनर दिनेश खरेल ७ बलमा ४ रन बनाएर हेमन्त धामीको बलमा आउट भए।कप्तान कुशल भुर्तेलले १७ बलमा २ चौकासहित २१ रन बनाए। उनी दशौं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरीको बलमा क्याच आउट भए। शाकिब अल हसनले १४, सदिरा समराविक्रमा ८, धनन्जय लक्षन ११ र किरण ठगुन्नाले १ रन बनाए। विपिन खत्री ५ रनमा अविजित रहे।

    सुदूरपश्चिमको बलिङमा अनिल खरेलले उत्कृष्ट प्रदर्शन गरे। उनले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। उनले महेदी हसन, शाकिब अल हसन र सदिरा समराविक्रमालाई आउट गरे।

    त्यस्तै हेमन्त धामी, स्कट कुइगेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।कप्तान दीपेन्द्रको अर्धशतक र अनिल खरेलको प्रभावकारी बलिङ सुदूरपश्चिमको जितका मुख्य आधार बने।

     

    प्रकाशित मिति :कार्तिक १२, २०८३ बुधवार - २१:१८:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको