Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँ उपत्यकासहित विभिन्न प्रदेशमा बर्षासहित चट्याङ 

काठमाडौँ उपत्यकासहित विभिन्न प्रदेशमा बर्षासहित चट्याङ 

जोईन खबर

२९, चैत्र २०८०
  • 805
    SHARES
  • काठमाडौँ उपत्यकासहित विभिन्न प्रदेशमा बर्षासहित चट्याङ 

    २९ चैत काठमाडौँ । काठमाडौं उपत्यकासहित विभिन्न प्रदेशमा बर्षासहित चट्याङ भई रहेको छ । जसमा बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आज दिउँसो चट्याङ सहित पानी  परेको हो ।

    images

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले काठमाडौं उपत्यकामा हल्का पानी परेकाले प्रदूषण कम हुन थालिसकेको बताए ।

    images
    images
    images

    केही दिनयता पानी पनि नपर्दा र हावा पनि नचल्दा काठमाडौं विश्वमै सबैभन्दा प्रदूषित बनेको थियो । आज बिहान पनि काठमाडौंको वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) २०० भन्दा माथि रहेकोमा यो समाचार तयार पार्दासम्म १५८ मा झरेको मौसमविदले काठमाडौंमा पानी अझै केहीबेर पर्ने भएकाले प्रदूषण अझै घट्ने पनि बताएका छन् ।

    साँझपख हावाहुरी, चट्याङ र पानी पर्ने क्रम भोलि र पर्सितिर पनि हुन सक्ने मौसमविदले पूर्वानुमान गरेका छन् । 

    प्रकाशित मिति :चैत्र २९, २०८० बिहिवार - १९:३४:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको