३० चैत काठमाडौँ । एसिसि प्रिमियर कप अन्तर्गत समूह ए को आफ्नो पहिलो खेलमा नेपालले टस हारेको छ । ओमनमा आजदेखि सुरु भएको एसिसि प्रिमियर कपमा अल अमेरत क्रिकेट मैदानमा मलेसियाका कप्तान भिरनदिप सिंहले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको छ ।
खेल नेपाली समय अनुसार ४ : १५ बजे सुरु हुनेछ । खेल समूह ए मा कतार र हङकङ पनि भिड्नेछन् । यस समूहमा साउदी अरब पनि रहेको छ । समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् ।