Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मलेसियाविरुद्ध   नेपालले पायो  १४३ रनको  सामान्य लक्ष्य   

मलेसियाविरुद्ध   नेपालले पायो  १४३ रनको  सामान्य लक्ष्य   

जोईन खबर

३०, चैत्र २०८०
  • 862
    SHARES
  • मलेसियाविरुद्ध   नेपालले पायो  १४३ रनको  सामान्य लक्ष्य   

    ३० चैत काठमाडौँ । एसिसि प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसिया विरुद्ध सामान्य लक्ष्य पाएको छ । अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनायो ।

    images

    मलेसियाका लागि कप्तान भिरनदिप सिंहले ६८ रन शर्भिन मुनियान्डीले  ४१ रन  मुहम्मद आमिर १६ रन बनाएर छैठौं ओभरमा दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए । १७औं ओभरमा शर्भिन अविनाश बोहोराको बलमा बोल्ड आउट भएपछि तोडिएको थियो । साएद अजिजलाई १८औं ओभरमा दीपेन्द्रले क्याच आउट गराएका थिए । नज्मुस सकिब ८ रनमा नट आउट रहे ।नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १४ रन खर्चिदै २ विकेट लिए ।

    images
    images
    images

    यस्तै अविनाश बोहोराले ४ ओभरमा २८ रन खर्चिदै १ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा २८ रन नै दिए ।करन किसी, सोमपाल कामी र कुशल भुर्तेलले समान २ ओभर बलिङ गर्दै क्रमसः २१, ११ र १७ रन दिए ।

    गुलशन झाले १ ओभरमा १२ र कुशल मल्लले १ ओभरमा नै १० रन दिए ।समूह ए मा नै रहेका कतार र हङकङ पनि एक अर्कासँग खेलिरहेका छन् । यस समूहमा साउदी अरब पनि रहेको छ । समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया रहेका छन् ।

    प्रकाशित मिति :चैत्र ३०, २०८० शुक्रवार - १७:५८:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको