२ वैशाख काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका मा मिनिट्रक दुर्घटना हुँदा दुई जानको मृत्यू सात जना घाईते भएका छन् । यस दुर्घटना नीलकण्ठ नगरपालिका वडा न ५ खाल्टेमा गोठे मल बोकेर गएको मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ भने सात जना घाईते भएका हुन् ।
धादिङको पतेनीबाट राम्चे तर्फ मल बोकेर गइरहेको बा २ ख ८९४७ नम्बरको ट्रक सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।
घाईतेलाई उपचारको लागि धादिङ अस्पताल ल्याईएको छ । मृत्यु हुने र घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम केसीले बताए । घटनाको थप विवरणको अनुसन्धान भइरहेको धादिङ जिल्ला प्रहरी बताएको छ ।