२ वैशाख काठमाडौँ । धनुषामा गहुँ बारीमा महिलाको शव भेटिएको छ ।उक्त शव धनुषाको हंसपुर नगरपालिका वडा न ७ की ५५ वर्षीया शुभ देवी मण्डलको हत्या भएको अवस्थामा गहुँ बारीमा शव भेटिएको हो ।उनको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ बारीमा फेला परेको थियो ।
मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ ।धनुषाकै सहिदनगर नगरपालिका वडा न ४ ननुपट्टी ९माइती० गएकी उनी हिजो ९शनिबार० साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् ।
घटना बारे थप विवरण आउन बाकी छ ।