२ वैशाख काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप अन्तर्गत नेपालले भोलि हङकङसँग भिडने भएका छन् । खेल ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा हुने नेपाल र हङकङबीको खेल बिहान ११ः ४५ बजेबाट सुरु हुनेछ।
आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्न लागेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रने छ।
प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराउँदै जित हात पारेको थियो भने दोस्रो खेलमा कतारलालाई ३२ रनले पराजित गर्यो।
भोलिको खेलमा जित निकाल्दै नेपाल आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने नेपालको योजना छ ।