२ वैशाख काठमाडौँ । यो वर्ष देशभरका ७७ वटै जिल्लामा नयाँ पाठ्यपुस्तक वितरण भएको छ। नयाँ पाठ्यपुस्तक जम्म जम्मी गरेर एक करोड २० लाख थान पाठ्यपुस्तक वितरण भएको हो ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले अघिल्लो शैक्षिक सत्रमा एक करोड ३३ लाख पाठ्यपुस्तक वितरण गरेको थियो।पुस्तक ७७ जिल्लामा पुगेका भए पनि छुटेका विद्यालय र वितरण केन्द्रलाई सम्पर्क गर्न भनिरहेको लिमिटेडका प्रबन्धक अनिलकुमार झाले जानकारी दिए। यसवर्ष कुनै पनि पाठ्यपुस्तक परिवर्तन भएको छैन।
आज वैशाख २ गतेदेखि देशभरका सामुदायिक विद्यालयमा भर्ना खुलेका छन्। नयाँ शैक्षिक सत्र २०८१ का लागि चैत ९ गतेदेखि नै सातै प्रदेशका ९ वटा शाखाबाट पाठ्यपुस्तक बिक्री९वितरण खुल्ला गरिएको थियो।