३ वैशाख काठमाडौं । गायिका निता आचार्य र गायक एबम संगीतकार शंकर थापा स्माइलले पनि युगल स्वरमा रहेको नयाँ गीत अदभूत माया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नयाँ बर्ष २०८१ सालको सुरु भए संगै पुर्वसन्ध्या र नयाँ बर्षको दिन पारी गीतकार अनिल संग्रौलाको शब्द रचना र शंकरकै संगीत रहेको गीतमा विश्व अधिकारीको एरेन्ज रहेको अदभूत माया गीत वैशाख १ गतेबाट सार्वजानिक भएको हो । यस गीतमा भिडियोमा मनाङ्ग जिल्लाको उच्च हिमाली भेगमा खिचिएको गीतको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ ।

केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ । यसअघि पनि गायिका निता आचार्यले संगीतकार शंकर थापा स्माइल सहकार्यमा गीतहरु सार्वजनिक गरिसकेकी छिन ।

गीत गायन देखि संगीत कर्म सम्म त्यतिकै पोख्त स्माइलले संगीत भरेका युगल गायन ,चलचित्र देखि सुगम संगीत सम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन् ।