३ वैशाख काठमाडौँ । काठमाडौंको एक रेष्टुरेन्टमा बन्दक बनाइ डाँका चोरी गरको आरोपमा गोरखा आरुघाट र सिरानचोकका तिन जान पक्राउ परेका छन् । उनीहरुलाई प्रहरी वृत्त स्वयभूको टोलीले तिन जानलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका वडा २ का २४ बर्षीय रमेश कार्की, वडा नम्वर ४ की २१ बर्षीया रितु मगर र गोरखा सिरानचोक गाउँपालिका वडा नम्वर २ की २१ बर्षीया मनिषा गुरुङलाई पक्राउ गरेको छ ।
उनीहरुलाई बिहिबार साँझ काठमाडौं महानगरपालिका–१५ किमडोल कारखाना चोकस्थित भारतीय नागरिक शुभकान्त सामल, अनिकेत कुमार, अर्जुन कुमार, गौरब शेखर र अर्विन्द कुमारलाई उनीहरुले एक रेष्टुरेन्टमा बन्धक बनाइ डाँका चोरी गरेको बताइएको छ । प्रहरीले उनीहरुसहित अन्य छ जनालाई पनि पक्राउ गरेको छ ।
६ जना पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिकाका वडा न १ का २६ वर्षीय निल कुमार तामाङ, सल्यानको दार्मा गाउँपालिकाका वडा न २ का २४ वर्षीय सञ्जय चन्द ठकुरी, मकवानपुरको भीमफेदी गाउँपालिकाका वडा न ५ का ३० वर्षीय आशिष प्रजा, रामेछापको सुनापति गाउँपालिकाका वडा न ५ का ३१ वर्षीय विशाल खड्का, तनुहँको व्यास नगरपालिकाका वडा न ११ की २७ वर्षीया पेमा गुरुङ र धादिङको निलकण्ठ नगरपालिकाका ५ का २४ वर्षीय बाबुराम श्रेष्ठलाई गरिएको छ । नीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।