३ वैशाख काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त ९बुद्धचित्त० को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो।उनीहरुले बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डर त्रास देखाउँदै बोधिचित्तको रुख काटेको थियो।प्रहरीका अनुसार रुख धनी तामाङको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो।
उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले निष्क्रिय पारेको थियो।यसैबीच पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठ जनाविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेका छन्।