३ वैशाख काठमाडौँ । एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगितामा नेपालले र हङकङ संग टस जितेर पहिलो बलिङ गरेको छ । आज हुने खेल समय अनुसार वर्षाका कारण खेल रोकिए पनि खेल सुरु भएको हो । अहिले नेपालले बलिङ गरिरहेको छ ।
ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान११ः४५ बजेदेखि सुरुआत हुने भनिएको उक्त खेल वर्षाले प्रभावित भएपछि केही समय ढिलो गरी टस भएर अहिले जारी छ । वर्षाको कारण खेल ढिलो सुरु हुँदा २० ओभरको खेललाई परिवर्तन गरेर १८–१८ ओभरमा झारिएको छ ।
प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजिमा छ । यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो । आजको खेलमा हङकङलाई हराउन सके नेपाल एक खेल अगावै समूह ‘ए’बाट प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ ।
य