३ वैशाख काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज तेस्रो खेलमा नेपालले हङकङविरुद्ध जितका लागि १ सय १५ रनको सामान्य लक्ष्य पाएको छ । खेल अल अमेरत मैदानमा टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको नेपालले १८ ओभरमा १ सय १४ रनमा अलआउट भएको हो । हुनु पर्ने खेलमा २० ओभरको भए पनि वर्षाका कारण केही ढिलो सुरु भएर खेल १८ ओभर मात्र खेलाउको हो ।
हङकङ खेलाडीले मार्टिन कोट्जीलाई ८ रनमा तेस्रो ओभरमा गुमाएको हङकङले त्यसपछिको दुई विकेट भने रनआउटमा गुमायो । दीपेन्द्रसिंह ऐरीले निजाकत खानलाई सिंगल लिने धुनमा रनआउट गरे । त्यसपछि राम्रो खेलिरहेका अंशुमन रथले २६ बलमा ४ चौका र १ छक्कासहित ३४ रन आउट भए । हङकङले नियमित विकेट गुमायो ।
त्यसै गरि जिशान अलीले १४, बाबर हायात ६, एजाज खान ७, यासिम मुर्तजा २ रनमा आउट भए । नेपालका लागि अभिनाश बोहोराले ३,ललित राजवंशीले २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ विकेट र करण केसीले १ विकेट हात पारे ।