३ वैशाख काठमाडौँ । बझाङकी रश्मिला धामीलाई सामाजिक सञ्जालबाट एक व्यक्तिको चरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला बझाङ घर भई हाल काठमाडौँको टोखाबाट नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । एक युवतीले सामाजिक सञ्जालबाट आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएपछि उनलाई प्रहरीको साइबर ब्युरोको टोली काठमाडौँले हिजो पक्राउ गरेकोसाइबर ब्युरोको स्रोतले जानकारी दिएको छ ।
धामीलाई आइतबार पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राख्ने प्रहरीले अनुमति माग गर्दै सोमबार जिल्ला अदालत काठमाडौँमा पेश गरेको छ ।