३ वैशाख काठमाडौँ । एसीसी प्रिमियर कप २०२४ मा नेपालले हङकङलाई हराउँदै सेमिफाइनल स्थान बनाएको छ । समूह ए मा नेपालले लगातार तेस्रो जित निकालेको हो ।अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले १७।५ ओभरमा ११४ रनमा आउट भएको थियो ।हङकङसंगको खेलमा ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२।२ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको छ ।
नेपालका खेलाडी आसिफ शेखले ४० रन,कुशल भुर्तेलले ३२ रन बनाए भने ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५।३ ओभरमा ७० रन बनाउदैँ नेपाललाइ जितको लागि नजिम पुराउका हुन् । त्यसै गरि नेपालका कप्तान रोहित पौडेलले २५ रन,सन्दीप जोराले १९ रन बनाएर जित हासिल गरेका थिए ।
हङकङका एहसान खान र यासिम मुर्तजाले १र१ विकेट लिएका थिए । नेपालका बलर अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिए ।नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । अब हुने खेलमा नेपाल सेमिफाइनल खेल खेल्ने पक्का भएको छ ।