३ वैशाख काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनमा मृत्यु भएका ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा गर्न माग गरेको छ । डाँगीको सोमबार बिहान उपचारका क्रममा निधन भएको थियो ।
राप्रपाले स्व।डाँगीलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको हो । राप्रपाले गरेको शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरूमाथि भएको प्रशासनिक दमन निन्दा गरेको छ ।
नागरिकको हत्या गरिनु कायरता र लोकतन्त्रको उपहास भएको भन्दै शोक प्रकट गर्न पार्टीको ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झन्डा आधा झुकाउने र १३ औँ दिनको पुण्य तिथिमा केन्द्रसहित सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन् ।