४ वैशाख काठमाडौँ । आज अमेरिकी डलर हालसम्मकै महँगोमा कारोवार भएको छ । मंगलबार १३३ रुपैयाँ ८३ रुपैयाँ पुगेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो।
मंगलबार रेकर्डलाई तोड्दै डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। अब एक अमेरिकी डलर साट्न १३३ रुपैयाँ ८३ पैसा खर्च गर्नुपर्ने भएको छ।
सोमबार डलरको भाउ १३३ रुपैयाँ ७७ पैसा थियो। बिहीबार ६ पैसाले भाउ बढेको हो।अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दा नेपाली रुपैयाँ समेत कमजोर भएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।
