४ वैशाख काठमाडौँ । बारामा तेल ट्यांकरले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।
घटना जितपुर सिमरा उपमहानगरपालिका २ सञ्चार नजिक सोमबार राति तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियारको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते परियारको परवानीपुरस्थित एल।एस। न्युरो हस्पिटलमा राति १ बजेर २२ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटना सम्बन्धी थप विवरण आउन बाकी रहेको प्रहरीले जनायो ।