Logo

बिहिवार, कार्तिक १३ गते २०८३

५ बर्षिया नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतका ३२ बर्षीय  करण साह पक्राउ

५ बर्षिया नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतका ३२ बर्षीय  करण साह पक्राउ

जोईन खबर

४, बैशाख २०८१
  • 646
    SHARES
  • ५ बर्षिया नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतका ३२ बर्षीय  करण साह पक्राउ

    ४ वैशाख काठमाडौँ । ५ बर्षिया नाबालिकालाई बलात्कार गरेको आरोपमा गोरखाबाट भारत घर भएका भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उक्त आरोपमा  पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला बिहार गोविनगंज घर भई हाल जिल्ला चितवन खैरहनी नगरपालिका   ६ पर्सा पुलटोल डेरा गरी बस्ने ३२ बर्षीय  करण साह तेली भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।

    images

    आरोपितले गोरखा जिल्लामा आएर काम गर्ने क्रममा ति बालिकालाई बलात्कार गरेको भन्दै उनका आफन्तले दिएको उजुरीको आधारमा प्रहरीले आरोपित तेलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । 

    images
    images
    images

    उहाँका अनुसार बालिका कै घरमा रहेको ग्रिल उद्योगमा काम गर्न आएका उनले बैशाख १ गते साँझ ६ बजेको समयमा उद्योग नजिकैको डेरामा लगि डिउ र फ्रुटी दिन्छु भनि ललाई फकाई लगि जवरजस्ती करणी गरेको आरोप लागेको छ ।

     जाहेरी  पर्ने बितिकै  उनलाई बैशाख २ गते पक्राउ  गरी  प्रहरीले जबरजस्ती करणी शिर्षक मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट बैशाख ३ गते अनुसन्धानका लागि म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :बैशाख ४, २०८१ मंगलवार - ११:४०:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको