४ वैशाख काठमाडौँ । शाखा अधिकृतहरु ३४ जना उपसचिवमा बढुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन समूहबाट कार्यक्षमता अनुसारको मूल्यांकनका आधारमा ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो ।
यसरी तृतीय श्रेणीका अधिकृतहरुको द्वितीय श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले बढुवा भएका उपसचिवहरुलाई ५ दिने अभिुमखकीरण पनि दिने छ । उनीहरूको पदस्थापनको निर्णय पनि भइसकेको छ ।
उपसचिव बढुवा सूची.pdf :To download file click here
