६ वैशाख काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित एक अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
कैलालीको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल १ लाख २० हजार घुससहित पक्राउ परेका हुन्।
अख्तियारका अनुसार स्रोत नखुलेको थप १ हजार ५ रुपैयाँ पनि उनको साथबाट भेटिएको छ। पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए।