२७ चैत काठमाडौं ।गोरखा जिल्ला बारपाक सुलिकोट गाउॅपालिका वडा न ४ जन्मिएका सन्तोष ढकाल लियो क्लब ३२५ एल नेपालको २०२३/२४को पोखरामा भएको अधिवेशनबाट अध्यक्षमा १००% एस मत सहित निर्वाचित हुनु भएको छ । प्रथम अधिबेशन २०२२/२३ का लियो जिल्ला परिषद् अध्यक्ष योगेश गाैतमको सभापतित्वमा सम्मापन भएको थियो । गोरखाका ढकाल लियो क्लबमा सन २०१७ देखि आबद्ध रहेका लियो अफ काठमाडौं बेद ब्यासको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।
लियो क्लब जिल्ला परिषदमा ३२५ एलमा नेपालमा ३७/३८ वटा क्लब आबद्ध रहेएको छ । हरेक क्लबमा न्युनतम १५ जना सदस्य रहेका छन्। गोरखाका सन्तोष ढकाल लियो क्लबमा सदस्य बनेका ७ बर्ष को बिच सदस्य देखि विभिन्न पदरूमा सेवा गर्दै आउनु भए पछि जिल्लामा पनि आफनो छुटै पहिचान बनाउने ब्यक्ति हुनुहुन्छ ।

सन्तोष ढकालको घर गोरखाको बारपाक सुलिकोट गाउपालि वडा न ४ साैरपानी जन्म घर भई हाल काठमाडौं को तारकेश्वर नगरपालिका वडा न ५ लोलाङमा बस्नु हुन्छ । यसै क्लबका उपध्यक्षमा गोरखाका अभय थापा निर्वाचित हुनु भएको छ ।

सचिवमा तनहुँका सुनिल मिश्र कोषाध्यक्षमा सुलभ थकालि निर्वाचित हुनु भएको हो ।लियो क्लबका जनर्म्पक अधिकृत कुसल लम्साल जिल्ला अध्यक्ष सल्लाहकार प्रमुख अमृत पन्डित,चिप डिपार्टमेन्ट चियर्पसनमा उजेन श्रेष्ठ चिफ रिजन कोडिनेटरमा सम्राट ऐडि ब्यवस्थापक उद्धब पराजुलि हुनु भऐको छ।