Logo

बिहिवार, श्रावण १४ गते २०८३

हत्या सहित सवारीसाधन चोरी गरेको अभियोगमा दुई जना पक्राउ

हत्या सहित सवारीसाधन चोरी गरेको अभियोगमा दुई जना पक्राउ

जोईन खबर

२७, चैत्र २०७९
  • 658
    SHARES
  • हत्या  सहित  सवारीसाधन चोरी गरेको अभियोगमा दुई जना पक्राउ

    २७ चैत काठमाडौ। नेपालगंज उपमहानगरपालिका-५ स्थायी वतन भएका २८ वर्षीय बिकास केसीको हत्या गरी सवारीसाधन लुट्ने गिरोहमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images

     ओखलढुङ्गा साविक नर्मदेश्वर गाविस-७ देवीथान घर भई ललितपुर टिकाथली बस्ने ५३ वर्षीय भिम बहादुर बुढाथोकी र रामेछाप साविक सालु गाविस-६ घर भई काठमाडौं चावहिल बस्ने ६८ वर्षीय गुमान ध्वज खड्का पक्राउ पर्नेका छ । 

    भे.१ च ५८१ नम्बरको जिप चालक केसीलाई कपिलबस्तु साविक शिवपुर गाविस-१ शिवपुरस्थित महेन्द्र राजमार्गमा २०६४ चैत ३० गते धारिलो हतियार प्रहारबाट मृत अवस्थामा फेला परेको घटनाको थप अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित सडकमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

     

     

    प्रकाशित मिति :चैत्र २७, २०७९ सोमवार - १०:५२:०४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको