Logo

बुधवार, श्रावण १३ गते २०८३

नेकपा एमाले नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

नेकपा एमाले नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

जोईन खबर

२७, बैशाख २०८१
  • 982
    SHARES
  • नेकपा एमाले नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

    २७ वैशाख काठमाडौँ । कोशी प्रदेश  नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की आज मुख्यमन्त्री नियुक्त भएका छन् ।एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

    images

    लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत भयो । सनाखतपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरे । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री कार्कीको पक्षमा ५२ मत देखिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति भएको जानकारी दिएका छन् ।

    प्रकाशित मिति :बैशाख २७, २०८१ बिहिवार - १४:४०:५४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको