२८ चैत काठमाडौ।चितवनको भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली पीसीआर कोरोना रिपोर्ट तयार बनाएको पाइएको छ ।अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरु तयार पारिएको जानकारी दिएका हुन् ।

एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरुले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएपछि अस्पतालले अनुसन्धान गरि जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको चितवन प्रहरी डीएसपी पण्डितले जानकारी दिए ।‘खोजी कार्य जारी छ, अहिलेसम्म कोही पक्राउ परेको छैन,’ प्रवक्ता पण्डितले भने, ‘अनुसन्धानबाट दोषीहरु पक्राउ गरेर सरकारी कागज किर्ते तथा छाप दुरुपयोगलगायतका अन्य मुद्दामा कारबाही हुन्छ ।’


